१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक १९ मंगलबार १०:१३:००
Read Time : > 1 मिनेट
समाचार

गाउँमा इन्टरनेट, हुलाकमा आकर्षण घट्दै 

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १९ मंगलबार १०:१३:००

जिल्लाका दुर्गम गाउँहरूमा समेत इन्टरनेटको विस्तार भएको छ । गाउँमा इन्टरनेटको सुविधा बढेसँगै हुलाक सेवाको आकर्षण घढ्दै गएको छ । मोबाइल र इन्टरनेटबाट सजिलै सूचना आदान–प्रदान गर्न सकिने भएकाले हुलाक सेवा पाउने संख्यामा कमी आएको हो । हुलाकबाट सूचना गर्नुपरे महिनौँ दिन लाग्ने भएको र मोबाइल तथा इन्टरनेटबाट तुरुन्तै सूचना गर्न मिल्ने भएकाले पनि हुलाक सेवामा कमी आएको जिल्ला हुलाक कार्यालय प्युठानका सूचना अधिकारी कुलप्रसाद डाँगीले बताए । 

जिल्ला हुलाक कार्यालय प्युठानमा पहिलेको तुलनामा चिठीपत्र धेरै कम आउन थालेका छन् । व्यक्ति तथा संघसंस्थाले इेमेल, इन्टरनेट, फ्याक्सलगायत प्रविधिको प्रयोग गर्ने गरेकाले हुलाक कार्यालयमा चिठीपत्र कम आउन थालेका हुन् । दिनप्रतिदिन चिठीपत्र आउने संख्या घट्दै गएको  हुलाक कार्यालय प्युठानका सूचना अधिकारी कुलप्रसाद डाँगीले बताए ।

हुलाक कार्यालय प्युठानमा दैनिक ५० देखि ७० चिठीपत्र आउने गरेका छन् । हुलाक कार्यालय प्युठानले चिठीपत्र दर्ता, टिकट बिक्री, हुलाक बैंकसेवा, धनादेस सेवा, पाँच सयवाट क्षमताका एफएम रेडियो नवीकरण, रोयल्टी, केबुल टेलिभिजन नेटवर्कहरूको नवीकरण, तथा रोयल्टी बुझ्नेलगायत काम गर्दै आएको छ ।  

अहिले प्युठान जिल्लाभरि एक सय ६८ कर्मचारी हुलाक कार्यालयमा कार्यरत रहेका छन । जिल्लामा एक नायब सुब्बा, दुई खरिदार, २१ जना करार कर्मचारी, एक सय १३ अतिरिक्त कर्मचारी, आठजना हल्कारा, हुलाकी २३ जना जिल्ला हुलाकमा कार्यरत रहेको सूचना अधिकारी डाँगीले बताए ।

 सरकारी चिठीपत्र बढी
पहिले हुलाकमार्फत व्यक्तिगत चिठीपत्र बढी आउने गरे पनि अहिले व्यक्तिगत चिठीभन्दा बढी संस्थागत चिठीपत्र कार्यालयमा आउने गरेको उनले बताए । आर्थिक वर्ष ०७६/७७ मा हुलाक कार्यालय प्युठानमा आठ लाख, ३४ हजार आठ सय १० राजस्व संकलन भएको छ ।  हुलाक सेवा तथा टिकट बिक्रीबाट जिल्लामा ६ लाख ७४ हजार एक सय ३३ र अन्यमा एक लाख ६० हजार ६ सय ७७ राजस्व उठेको हो । अहिले जिल्लामा स्थानीयस्तरका चिठीपत्रभन्दा सरकारी कार्यालय र वैदेसिक रोजगारमा गएका मानिसको जिल्लामा चिठीपत्र आउने गरेको उनले बताए ।