मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ख्याम भुजेल
२०७५ पौष २६ बिहीबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार

इलाममा गोविन्द केसीको समर्थनमा महिलाहरुले निकाले र्‍याली

Read Time : < 1 मिनेट
ख्याम भुजेल
२०७५ पौष २६ बिहीबार १८:५५:००

सरकारले पटक पटक आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेकाे भन्दै १६ अाैं पटक अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा इलाममा महिलाहरुले र्‍याली निकालेका छन् । अनसनको दोस्रो दिन महिला जागरण संघकी अध्यक्ष विष्णु दाहालको नेतृत्वमा र्‍याली निकालिएको हो ।

डा. केसीको अनसनस्थल फुलगाछीबाट निस्किएको र्‍याली बजार परिक्रमा गर्दै चोक बजारमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला जागरणसंघकी अध्यक्ष विष्णु दाहालले गाेविन्द केसीको माग जायज भएकाले त्यसलाई पूरा गर्न माग गरिन् । डा. केसी ६  बुँदे माग राखेर बुधबारदेखी अनसनमा छन् ।