१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल 
२०७५ पौष १ आइतबार १३:४०:००
Read Time : < 1 मिनेट
समाचार

कलिकोटमा वडाअध्यक्षकाे तलबबाट विद्यालयको भवन निर्माण

Read Time : < 1 मिनेट
रमेश रावल 
२०७५ पौष १ आइतबार १३:४०:००

कालिकोटका एक वडाअध्यक्षले अाफ्नाे तलबकाे रकमले विद्यालयकाे भवन निर्माण गरेका छन् । जिल्लाकाे शुभकालिका गाँउपालिका वडा नं.६ का वडा अध्यक्ष कर्णबहादुर खत्रीले हालसम्म आफुले पाएको तलबले जिर्णोदार भइरहेकाे विद्यालयकाे भवन निर्माण गरेका हुन् । अध्यक्ष खत्रीले उक्त वडामा  रहेको चन्द्रसुर्य माध्यमिक विद्यालयको जिर्ण भवन निर्माण गरेका छन् ।  
विद्यालय भवन नहुँदा विद्यार्थीहरु चौरमा बसेर पढ्ने गरेका विद्यालयका प्रधानाध्यापक धर्मराज आर्चायले बताए । उनले भने, ‘वडा अध्यक्षकाे तलबाट जिर्ण रहेको विद्यालय भवन पुर्ननिर्माण भएको छ ।’ विद्यालयमा कक्षा १२ सम्मको अध्यायन हुने भएपनि शिक्षकको दरबन्दी नहुँदा अभिभावकको पहलमा तलब वितरण गर्नुपरेकाे छ ।