Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक १८ सोमबार १२:०९:००
Read Time : < 1 मिनेट
समाचार

पैसाकै कारण शिक्षाबाट कोही बञ्चित हुनुपर्दैन : मन्त्री विष्ट

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १८ सोमबार १२:०९:००

गुल्मीको इस्मा गाउँपालिका ६ को गोबिन्दा रत्ना कुवर लोकतान्त्रिक आधारभूत विद्यालयको भवन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उद्घाटन गरेका छन् । सोमबार भवनको उद्घाटन गर्दै उनले अब कोही बालबालिका पैसाको अभावमा शिक्षाबाट बञ्चित हुनु नपर्ने बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास विना समृद्धि प्राप्त नहुने भएकाले सरकार योजनाबद्ध रुपमा अगाडि बढेको बताए । 

सात महिनामै आकर्षक भवन निर्माण 
पुनर्निर्माण प्राधिकरण गुल्मीको आर्थिक सहयोगमा चार कोठे भवन निर्माण गरिएको हो । कुल ६१ लाख ६१ हजारको लागतमा विद्यालयको आकर्षक पक्की भवन निर्माण गरिएको भवन निर्माण समिती सदस्य रेशम महतले जानकारी दिए । ०७५ फागुनबाट निर्माण सुरु गरिएको भवन ०७६ असोजमा सम्पन्न भएको महतले जानकारी दिए । 

विद्यालयमा हाल ५५ छात्र र ८० छात्रा गरि एक सय ३५ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।