मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विष्णुप्रसाद घिमिरे
२०७५ पौष २६ बिहीबार १८:१८:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश ५ सरकारले वितरण गरेको अनुदानबारे जानाकारी माग

Read Time : < 1 मिनेट
विष्णुप्रसाद घिमिरे
२०७५ पौष २६ बिहीबार १८:१८:००

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले वितरण गरेको अनुदानबारे प्रदेश सभाको सामाजिक विकास समितिले जानाकारी मागेकाे छ । बिहिवार बसेको समितिको बैठकले विभिन्न क्याम्पसहरुलाई दिइएको अनुदान रकमबारे जानाकारी माग गर्ने निर्णय गरेको सभापति दृगनारायण पाण्डेले जानकारी दिए ।

त्यस्तै प्रदेशमा रहेका स्वस्थ्य संस्थाहरुका बारेमा पनि जानाकारी माग्ने निर्णय भएको छ । बैठकमा प्रदेशमा रहेका स्वस्थ्य क्षेत्रमा औषधी, औजारको अवस्थादेखि भौतिक संरचना निर्माण प्रक्रियाका बारेमा पनि विवरण माग गरिएकाे छ । 

त्यस्तै स्वस्थ्य क्षेत्रमा जिल्लागत कर्मचारी विवरणका बारेमा कुरा उठेको बताइएको छ । त्यस्तै आगामी बैठकमा मन्त्रालयका सचिवलाई  बाेलाउने निर्णय भएकाे छ ।  

समितिको बैठकले प्रदेशमा सामाजिक विकास मन्त्रालयले गर्ने कार्यक्रमहरुमा सम्बन्धित क्षेत्रका सांसदलाई समावेश गराउन पनि निर्देशन दिने निर्णय गर्नुका साथै कार्यविधि पनि पारित गरेको छ ।

समितिको बैठकमा सांसदहरु अर्जुन केसी, अष्टभुजा पाठक, डाक्टर पुरनमान बज्रचार्य, दीपा विक, रिना नेपाल विकलगायतले बाेल्दै मन्त्रालयबाट भएका कामका बारेमा धारणा राखेका थिए ।