मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका भ्यालेन्सिया
२०७६ कार्तिक १८ सोमबार ०९:०५:००
Read Time : < 1 मिनेट
खेलकुद

रोकियो बार्सिलोनाको अपराजित यात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भ्यालेन्सिया
२०७६ कार्तिक १८ सोमबार ०९:०५:००

स्पेनिस लालिगाअन्तर्गत शनिबार राति साबिक विजेता बार्सिलोना लेभान्टेसँग ३–१ गोलले पराजित भएको छ । पराजयसँगै घरेलु लिगमा बार्सिलोनाको अपराजित यात्रा सातौँ खेलमा पुगेर रोकिएको छ । साथै, बार्सिलोनाले अंक–तालिकामा शीर्ष स्थानको लडाइँमा थप दबाब बेहोरेको छ । शीर्ष दुई स्थानमा रहेका बार्सिलोना र रियल म्याड्रिडको समान खेलबाट समान २२ अंक भएको छ । रियल शनिबार नै भएको खेलमा रियल बेटिससँग गोररहित बराबरीमा रोकिएको छ ।

बार्सिलोना खेलमा सुरुवाती अग्रता बनाएर पनि पराजित भयो । बार्सिलोना ३८औँ मिनेटमा पेनाल्टी गोलमार्फत १–० ले अघि बढेको थियो । नेल्सन सेमेदोलाई लेभान्टेका जर्ज मिरामोनले बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टी अवसरमा कप्तान लियोनल मेसीले गोल गरेका हुन् । दोस्रो हाफमा आठ मिनेटभित्र तीन गोल बेहोरेपछि बार्सिलोना खेलमा नमिठो पराजय बेहोर्न पुगेको हो । लेभान्टेका लागि खेलको ६१औँ मिनेटमा काम्पाना, ६३औँ मिनेटमा बोर्जा मायोरल र ६८औँ मिनेटमा नेमान्जा रादोजाले गोल गरेका थिए ।

 शीर्ष स्थान पछ्याउँदै चेल्सी
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबारको खेलमा चेल्सीले रेलिगेसननजिकको वाटफोर्डमाथि २–१ को जित निकालेको छ । यो नतिजासँगै चेल्सीले आफूभन्दा अघि रहेका लिभरपुल र म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । समान खेलबाट २३ अंक बनाएको चेल्सी शीर्ष स्थानको लिभरपुल (३१) भन्दा आठ र दोस्रो स्थानको म्यान सिटी (२५) भन्दा मात्रै दुई अंकले पछि रहेको छ ।

चेल्सीले खेलको सुरुवातबाटै अग्रता बनाएको थियो । खेलको पाँचौँ मिनेटमा तामाराइबी अब्राहमले गोल गरेपछि चेल्सी १–० ले अघि बढेको थियो । खेलको ५५औँ मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दा चेल्सीले खेलको पहिलो हाफमै २–० को अग्रता कायम गरेको थियो । 

खेलको ८०औँ मिनेटमा पेनाल्टी अवसर सदुपयोग गर्दै वाटफोर्डले एक गोल फर्कायो । चेल्सीका जर्जिन्होले जेरार्ड डिउलोफ्युलाई बक्सभित्र लडाएपछि वाटफोर्डले प्राप्त पेनाल्टी अवसरमा डिउलोफ्युले गोल गरेका थिए ।