मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट 
२०७५ पौष २६ बिहीबार १८:१४:००
Read Time : > 1 मिनेट
समाचार

निर्मलाको न्यायमा ढिलाइले परिवारमा कलह, सरकारी राहतबारे बुवाआमाबीच विवाद [भिडियोसहित]

Read Time : > 1 मिनेट
मोहन विष्ट 
२०७५ पौष २६ बिहीबार १८:१४:००

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले डिएनए परिक्षणका लागि रगत दिएको र राहत बुझ्ने भनेपछि श्रीमान् यज्ञराजले कुटपिट गरेका छन् ।

निर्मलाकी आमा दुर्गाले बुधबार निर्मलाकै योनीबाट भेजिनल स्वाब निकालिएको हो÷होइन एकिन गर्न भन्दै रगतको नमुना दिएकी थिइन । बिहीबार बिहान दुवै छोरी स्कुल गएको समयमा यज्ञराजले सल्लाह नगरी रगत दिएको भन्दै कुटपिट गरेको दुर्गादेवीले बताइन् । 

यज्ञराज र उनकी कान्छी श्रीमती लक्ष्मीले घरमा सल्लाह नगरी अरुले उस्काएको भरमा दुर्गादेवीले रगत दिएको र राहत बुझ्न राजि भएको आरोप लगाएका छन् । दुर्गाले भने न्याय पर्खिदा दुई छोरीमाथि पनि अन्याय हुने भएकाले उनीहरुको भविष्यका लागि राहत बुझ्ने बताएकी थिइन् । 

निर्मलाकी आमा दुर्गाले लक्ष्मी र श्रीमान्कै कारण निर्मलाको हत्या भएको आरोप लगाएकी छिन् । यज्ञराजले भने दुर्गाले आफन्त र छिमेकीको नाम दिएर डिएनए परिक्षण गर्न लगाएको आरोप लगाएका छन् । निर्मलाकी कान्छी आमा लक्ष्मीले राहतको लोभ नभएको उल्लेख गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताइन् । 

दुर्गादेवीले राहत बुझे यज्ञराज र लक्ष्मीले दुर्गादेबी बस्दै आएको घरमा गई आत्महत्या गर्ने घोषणा गरेका छन् । राहत बुझेपछि न्याय प्रभावित हुने लक्ष्मी र यज्ञराजको तर्क छ । 
दुर्गादेवीले भने राहत बुझेर दुई छोरीको भविष्य बनाउन तिर लाग्ने बताएकी छिन् ।  

यज्ञराज श्रीमतीलाई कुटपिट नगरेको दावी गरेका छन् । बिना सल्लाह रगत परिक्षणका लागि दिएको र राहत बुझ्न तयार भएको सम्बन्धमा प्रश्नमात्र गरेको उनले बताए ।  ‘मैले सुरुदेखि निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने भनेको थिए,’ उनले भने, ‘अरुको उक्साहटमा रगत दिने र राहत बुझ्ने गरेकोमा मैले आपत्ति जनाएको हो ।’