भानु साहित्यिक मासिक पत्रिकाले तीन जना साहित्यकारलाई सम्मान गरेको छ ।
पत्रिकाको ५७ औं बार्षिकोत्सव एवम् भवानी घिमिरे जयन्तीको अवसरमा आयोजित कार्यक्रममा तीन साहित्यकारलाई नगदसहित सम्मान गरिएको हो । भानु–भवानी पत्रकारिता पुरस्कार २०७६ बाट बनारसका दुर्गाप्रसाद श्रेष्ठ, भानु उत्कृष्ट रचना सम्मान २०७५ बाट हरिहर खनाल भानु कस्तुरा संघर्षशील नारी सम्मानबाट माया ज्ञवाली सम्मानित भइन् ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति तथा भानु पत्रिकाका प्रमुख सल्लाहकार गंगाप्रसाद उप्रेतीले पत्रिकाको निरन्तरताको कामना गरे । कुलपति उप्रेतीले पत्रिकाको स्थापना सन्दर्भ, उतारचढाव र भवानी घिमिरेकाबारेमा मन्तव्य राखे ।
२०२० सालदेखि निरन्तर प्रकाशित भानु पत्रिका क वर्गको पत्रिका हो । भानु पत्रिकाले मासिक रूपमा विशेषांक प्रकाशित गरि नेपाली साहित्यलाई योगदान पुर्याउँदै आएको छ ।