मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १७:४६:००
Read Time : < 1 मिनेट
खेलकुद

गोकर्णेश्वर मेयर कप : वडा ५ र ८ फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १७:४६:००

काठमाडौंको गोकर्णेश्वरमा जारी पहिलो संस्करणको गोकर्णेश्वर मेयर कप सेभेन ’ए’ साइट नकआउट फुटबल प्रतियोगीताको सेमिफाइनलका खेल बिहीबार सुरु भएको छ ।

जोरपाटी फुटबल क्लबद्वारा आयोजनामा जारी प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर २, ५, ८ बि र ४ बि ले सेमीफाइनलमा स्थान बनाएका थिए । बिहीबार भएको पहिलो सेमिफाइनलमा वडा नम्बर ८ 'बि' ले  वडा नम्बर २ लाई पेनाल्टीमा ३–२ गोल अन्तरले विजयी भएको छ । निर्धारित समयमा गोल रहित बराबरी हँदा खेल ट्राईबेर तर्फ गएको थियो । पहिलो सेमिफाइनल खेलको म्यान अफ दि म्याच वडा नम्बर ८ 'बि' का सुरज तामाङ भएका छन् ।

यस्तै दोस्रो सेमिफाइनलमा वडा नम्बर ५ ले वडा नम्बर ४ ’बी’ लाई ५–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो सेमिफाइनल खेलको म्यान अफ दि म्याच वडा नम्बर ५ का बिकास राई भए । 

अब वडा नम्बर ५ ले ८ बी सँग फाइनल खेल्ने छ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा जारी प्रतियोगिता नेपालय इंग्लिश पब्लिक स्कुलको खेल मैदानमा संचालन भईरहेको छ । महिला रेफ्रीहरुले सञ्चालन गरेका यस प्रतियोगिताको विजेताले एक लाख र  प्राप्त गर्नेछन् भने उपबिजेताले ५० हजार नगद पाउनेछन् । प्रतियोगिताको फाइनल खेल आगामी २८ पौषमा हुनेछ ।