१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक १७ आइतबार ०९:३९:००
Read Time : < 1 मिनेट
अर्थ

 सिद्धार्थ ग्रुपको रिसोर्ट चितवनको सौराहामा

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १७ आइतबार ०९:३९:००

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहामा पनि रिसोर्ट सञ्चालन गरेको छ । ग्रुपले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर सौराहामा सञ्चालनमा रहेको सेन्टर पार्क रिसोर्टसँग व्यावसायिक साझेदारी गरी सेवा सुरु गरेको हो । करिब २ बिघा क्षेत्रफलमा रहेको रिसोर्टमा ४७ वटा सुविधासम्पन्न कोठा, स्विमिङ पुल, गार्डेन, सेमिनारका लागि २ हल रहेका छन् ।

रिसोर्टले पर्यटकका लागि जंगल सफारी, सांगीतिक कार्यक्रममार्फत सेवा प्रदान गर्ने गु्रपका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । ग्रुपले नेपालगन्जमा चारतारे होटेलसहित चितवनको चुम्लिङटार, सुर्खेत र कर्णाली चिसापानीमा रिसोर्ट सञ्चालन गर्दै आएको छ । ग्रुपको महेन्द्रनगर, टीकापुर, नेपालगन्ज, बुटवल र काठमाडौंमा सुविधासम्पन्न होटेल, रेस्टुरेन्ट, क्याफे गरी २३ वटा आउटलेट सञ्चालनमा रहेको बताइएको छ ।