मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ पौष २६ बिहीबार १७:१६:००
Read Time : < 1 मिनेट
विश्व

चीन अमेरिकाबीचकाे व्यापार युद्ध समाधानतर्फ

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २६ बिहीबार १७:१६:००

बिहीबार बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले चीन अमेरिकाबीचकाे चलिरहेकाे व्यापार युद्ध समाधानतर्फ रहेकाे चीनले जनाएको छ । बुधबार समाप्त भएको वार्तामा दुवै पक्षले आगामी मार्चपूर्व व्यापार विवाद अन्त्य गर्न सम्झौता गर्ने र थप करवृद्धिलाई रोक्ने सहमति गरेका छन् । सहमति पश्चात विश्व शेयर बजार वृद्धि भएकाे छ ।

गत डिसेम्बर १ मा जी–ट्वान्टी सम्मेलनको अवसरमा अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच ९० दिन व्यापार विवादलाई नबढाउने र समस्या समाधान प्रयास गर्ने सहमति भएकाे थियाे । लामो समयदेसखि जारी व्यापार विवादबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार चीन आएको थियो ।

वार्तामा अमेरिकी पक्षले आफ्ना प्रविधि र बौद्धिक सम्पत्तीको बलजफ्ती रूपान्तरण र चोरी रोक्न चीनसँग माग गरेको छ । यसअघि मङ्गलबार अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता राम्रोसँग अघि बढेको बताएका थिए ।