२०७६ कार्तिक १६ शनिबार ११:३६:००
अपील

बा 

कविता

पाखो कोरेर सिकाए होलान्
मलाई कुलेसो – क
खरबारीमा- ख,
गाईगोठमा-ग !
नबनाको भए यती सुन्दर घर बाले –
कसले गर्थो होला आबिस्कार
घर जस्तो – ‘घ’ को ?

बा नभएको भए –
यती बलियो हुन्थ्यो होला – ढोका को आग्लो ?
ओत दिइरहन सक्थो होला छानो ले मात्रै ?
सुनौलो नै हुन्थ्यो कि अर्कै हुन्थ्यो – धान ?
हिरा नै चपाइन्थो कि अरु नै – थाल मा ?
अरु केही छ कि छैन संसार मा
बा को पसिना जस्तो अमुल्य रत्न ?

सोच्दै छु –
मेरो जीबन को बिम्ब के हुन्थ्यो होला
बा ले कुलेसो मा पानी नबगाएको भए ?
घाम ले बिहानै उज्ज्यालो ल्याउन सक्थ्यो कि सक्दैन थो? – बा ले हास्न छोड्ने भए !

बा नै बने–
आमालाई गुरास जस्तै फुलाउने – प्रकृति
करेसाबारी लाई हरियो रङ पोत्ने –कुचिकार
मेरो किताब बाट भैंसी झिकेर
अक्षर राखिदिने महान- सर्जक !

अहो !
बाले ‘गोरु ‘ नभनेको भए
कसरी जोत्थें हुला मैले
जीवनका बाझाँ गराहरु
र रोप्थें हुला –
फुलिरहेका यि सपनाहरु ???