१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
महेश पौड्याल, लेखक/समीक्षक
सुनिता खनाल काठमाडाैं
२०७६ कार्तिक १६ शनिबार ०९:४८:००
Read Time : < 1 मिनेट
साहित्य

यो जमाना इतिहासको विपठन र पुनर्पठनको हो : महेश पौड्याल

Read Time : < 1 मिनेट
सुनिता खनाल काठमाडाैं
२०७६ कार्तिक १६ शनिबार ०९:४८:००

पुस्तक वार्ता

अहिले के पढिरहुनभएको छ ? 

अहिले योगेश राजको ‘रणहार’ पढिरहेको छु । 

पुस्तक कस्तो लागिरहेको छ ?

इतिहासको विपठन र पुनर्पठनको जमाना हो हाम्रो । नवइतिहासवादी परिपाटीको अध्ययनले मनभन्दा मस्तिष्क बढी प्रभावित हुँदै छ ।

कस्ता किताब बढी रुचाउनुहुन्छ ?

म सबैखाले पुस्तक पढ्छु । तर, मेरो चासो पूर्वीय परम्परालाई अँगालेका कृतितिर बढी छ । त्यस्ता पुस्तक किनेर पढ्छु ।

किताब किन्ने आधार केलाई बनाउनुभएको छ ? 

किताब किन्दा पहिलो आधार मेरो चासोको क्षेत्रफल हो । प्रारम्भिक चर्चाले पनि धेरै हदसम्म प्रभावित हुन्छु । बजारमा आएजति सबै पुस्तक त पढ्न भ्याउँदिनँ । मेरो विधागत अध्ययनको धागो तन्काउने पुस्तक चाहिँ सकेसम्म पढ्न छुटाउँदिनँ ।

कस्तो किताब कति बसाइँमा पढिसक्नुहुन्छ ?

आख्यान प्रायः एकै बसाइँमा पढ्छु । अरू विधाचाहिँ खण्ड–खण्ड गरेर पढ्छु ।

कस्ता किताब पढ्न सुझाउनुहुन्छ ?

पहिलो, आफ्नो रुचिको विषयका पुस्तक पढ्नुपर्छ । त्यसले आनन्द प्राप्त हुन्छ । दोस्रो, दूरगामी आयामिक असर पार्ने पुस्तक छोड्नुहुन्न । तेस्रो, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेका पुस्तक पढ्नुपर्छ ।  चौथो, आफूलाई नयाँ दृष्टि दिने र आफ्नो जीवनबोधलाई मलजल गर्ने पुस्तक पढ्नुपर्छ ।