मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनिस खड्का
२०७५ पौष १ आइतबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार

पाँच घण्टा भित्र चोर पक्राउ 

Read Time : < 1 मिनेट
मनिस खड्का
२०७५ पौष १ आइतबार १३:२४:००

प्रहरीले चोरीको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको त्रिवणी गाउँपालिका ३ झुल्नेटामा डिल्लीबहादुर खड्काको इलेक्ट्रोनिक्स पसलमा चोरी गरेको आरोपमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ५ हुकामका १९ वर्षीय बिजय मल्ल पक्राउ परेका हुन् ।  

मल्लका साथबाट नगद पाँच हजार आड सय ३५, विभिन्न कम्पनीका पाँच थान मोबाईल सेट, १ थान क्यामेरा, रिचार्ज कार्ड, घडी र ताला फोड्न प्रयोग गरिएका सामाग्रीहरु बरामद गरिएको डिएसपि खड्काले जानकारी दिए । मल्लले झुल्नेटामै रहेको संगम सुनचाँदी पसलमा पनि तोडफोड गरेको प्रहरीको भनाई छ । 

शुक्रबार राति २, ३ बजेको समयमा चोरी भएको र चोरी भएको ५ घण्टामै चोर नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले ओली र मल्ललाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।