१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक १५ शुक्रबार १०:४८:००
Read Time : < 1 मिनेट
प्रदेश

तराईमा छठ पर्वको रौनक सुरु : पूजा विधिको तयारीमा ब्रतालु, आज खरना

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १५ शुक्रबार १०:४८:००

छठ पर्व तराईवासीको सबैभन्दा महत्वपूर्ण चाड हो । त्यसैले, तराईमा यतिवेला छठ रौनक छ । बिहीबार नहाय खायबाट सुरु भएको छठ शुक्रबार (आज) खरना, शनिबार सझिया घाट (अस्ताउँदो सूर्यलाई अर्घ) र आइतबार बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएर छठको विधिवत समापन हुनेछ । 

छठ पौराणिक कालदेखि मनाइँदै आइएको पर्व हो । यो पर्व नदी वा पोखरीको डिलमा मनाउने गरिन्छ । सूर्यलाई अर्घ दिन ल्याइएका विभिन्न परिकार र फलपूmल प्रसादको रूपमा घाटमा राख्ने गरिन्छ । र व्रतसमेत बस्ने गरिन्छ । छठको तयारीका लागि केही दिन अघिदेखि विभिन्न ठाउँमा छठघाट सरसफाइको काम भइरहेको छ । साथै, व्रतालु पनि पूजा विधिको तयारीमा जुटेका छन् ।

महोत्तरी जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीमा छठ घाट सजाइएका छन् । प्रायः सबै घाटमा स्थानीयको दिनभर उपस्थिति हुने गरेको छ । छठघाटको सरसफाइ तथा व्यवस्थापनमा जिल्लाका विभिन्न पालिकाले समेत सहयोग गर्दै आएका छन् ।

सरसफाइमा सेनाको साथ
छठघाट सरसफाइमा नेपाली सेनाले पनि सहयोग गरेको छ । जलेश्वर नगरपालिकाको प्रकौली ब्यारेकस्थित रणभीम गणको टोलीले बिहीबार घाट सरसफाइमा सहयोग गरेको हो । समुदायको आग्रहमा सेना सरसफाइमा जुटेको हो । यसले समुदाय र सेनाबीचको सद्भाव प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सदरमुकाम जलेश्वरस्थित बुद्धिजिवी चोकका स्थानीयले व्यक्त गरे । 

सरसफाइमा सांसद रानी शर्मा तिवारी, वडाध्यक्ष वरुण दाहाललगायतले साथ दिएका थिए । टोलीले पोखरीमा रहेको फोहोर उठाएको थियो । करिब चार ट्याक्टर फोहोर निकालिएपछि पोखरी र घाट सफा देखिएको छ । सो अवसरमा स्थानीयले आइन्दादेखि पोखरीमा फोहोर फाल्न नदिन अभियान चलाउने तथा नदी–तलाउ सधैँ सफा राख्ने प्रतिबद्धता 
व्यक्त गरे ।