मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १५:३४:००
Read Time : < 1 मिनेट
समाचार

आयल निगम र चिनी उद्योगीबाट अनावश्यक आरोप खेप्नुपर्‍यो : उद्योगमन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १५:३४:००

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगम र चिनी उद्योगीहरुले धेरै सताएको बताएका छन् । 

चिनी उद्योगीहरुसँग आफूले कमिशन लिएको भन्दै हुँदै नभएको आरोप समेत खेप्नु परेको उनले गुनासो गरे । बिहीबार नेपाल आयाल निगमको ४८ औं वार्षिकोत्सव कार्यक्रममा उनले विगतमा सरकार नै नभएजस्तो जताततै प्वालैप्वाल परेको निगमलाई आफू मन्त्री भएपछि टालेको दाबी गरे । 

उनले चुहावट नियन्त्रण गर्न सफल भएको उल्लेख गर्दै निगमको समग्र सुधारका लागि नयाँ नेतृत्व नियुक्त गर्नु परेको स्पष्ट पारे । मन्त्री यादवले विगतमा मन्त्री, सचिवले नै निगममा लुट मच्याउने गरेको आरोप लगाए ।