मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका रामेछाप
२०७६ कार्तिक १५ शुक्रबार ०६:४३:००
Read Time : < 1 मिनेट
प्रदेश

साहित्यकार घिमिरेको योगदानको सम्झना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रामेछाप
२०७६ कार्तिक १५ शुक्रबार ०६:४३:००

नेपाली साहित्य र सञ्चारकर्ममा स्वर्गीय जगदीश घिमिरेको योगदानको सम्झना गरिएको छ । तामाकोसी सेवा समिति रामेछापले बिहीबार आयोजना गरेको घिमिरेको छैटौँ स्मृति दिवसमा उनको योगदानको स्मरण गरिएको हो ।

नेपाली साहित्यको आख्यान विधामा ख्याति कमाएका घिमिरेको १४ कात्तिक ०७० मा ६८ वर्षको उमेरमा निधन भएको थियो । मदन पुरस्कार प्राप्त ‘अन्तरमनको यात्रा’ उनको सर्वाधिक रुचाइएको कृति हो । सकस र लिलाम पनि घिमिरेका चर्चित कृति हुन् । जीवनको अन्तिम समयसम्म पनि विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेखेका  घिमिरे गैरसरकारी संस्था महासंघ नेपालका संस्थापक अध्यक्षसमेत थिए । 

उनी अध्यक्ष भएकै समयमा रामेछापमा उनले तामाकोसी सेवा समिति नामक गैरसरकारी संस्था स्थापना गरी त्यही संस्थामार्फत खानेपानी, शिक्षा र स्वास्थ्य, सिँचाइ क्षेत्रमा उल्लेख्य काम गरेका थिए ।

समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ, कांग्रेसका जिल्ला सचिव लेखबहादुर कार्की, राप्रपाका जिल्ला अध्यक्ष रामचन्द्र कँडेल (शर्मा)ले  घिमिरेको जीवनका विभिन्न आयाम र योगदानमाथि चर्चा गरेका थिए । 

स्मृति दिवसमा मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदी, तामाकोसी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्य, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, पत्रकार टीकाप्रसाद भट्ट, नागरिक अगुवा भुवनहरि प्रसाईं, शिक्षक मुकुन्दप्रसाद घिमिरेलगायत सहभागीहरूले स्वर्गीय घिमिरेप्रति कवितामार्फत सम्झना गरे ।