मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रासस
२०७५ पौष २६ बिहीबार १५:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पाँच वर्षभित्र वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छ : मन्त्री विष्ट

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष २६ बिहीबार १५:२२:००

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बिहीबार गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालय उद्घाटन गरेका छन् । उक्त कार्यालयले आजदेखि वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्ने छ । 

सो अवसरमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्र वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । उनले नेपालको जनशक्ति सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर काम गरिहेको बताए । 

उनले संघीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउँदै ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए । उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पारे । 

सो अवसरमा मन्त्री विष्टले वैदेशिक रोजागारमा मकाउ जानुहुने नवलपरासीका खड्गबहादुर गुरुङ र युनाइटेड अरब इमिरेट्स जानुहुने चन्द्रबहादुर गुरुङलाई राहदानी प्रदान गरे ।