मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मनिष खड्का 
२०७५ पौष १ आइतबार १३:२१:००
Read Time : < 1 मिनेट
समाचार

जवरजस्ती करणी आरोपमा युवक पक्राउ 

Read Time : < 1 मिनेट
मनिष खड्का 
२०७५ पौष १ आइतबार १३:२१:००

जिल्ला प्रहरी कार्यालय रुकुमले जवरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व भुमे गाउँपालिका ९ चुनवाङका २१ वर्षीय मनोज ओली रहेका छन् । 

ओलीले गत मंसिर २८ गते सहरेमा जन्ति आएको समयमा सानीभेरी गाउँपालिका ७ सहरेकी १५ वर्षीया किशोरीलाई जवरजस्ती गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार गोठमा बाख्रा बाध्न गएकी किशोरीलाई अ‍ोलीले जवरजस्ती गोठमा लगेर करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

किशोरीले रोई कराई गरेपछि उनकी भाउजुले थाहा पाएर प्रहरीलाई खवर गरेको थियो । ओलीलाई भाग्न लागेको अवस्थामा सोही दिन पक्राउ गरिएको डिएसपि खड्काले बताए । ओलीमाथि आइतबार जिल्ला अदालतमा जवरजस्ती करणीको मुद्दा दायर गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।