१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक १२ मंगलबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार

साँघादेखि फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण शंखधर साख्वा राखिने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १२ मंगलबार १६:१४:००

सरकारले भक्तपुरको साँघादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाः को सम्मानमा उहाँको नामबाटै सो रुटको नामाकरण गर्ने घोषणा गरेका हुन् ।

नेपाल संवत ११४० को अवसर पारेर मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मध्यपुर ठिमी नगरपालिका भित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वा स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे । 

मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ । त्यसमा सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री भट्टराईको भनाई थियो ।

मन्त्री भट्टराईले किसानहरुको ऋण मोचन गरेर सुरु भएको नेपाल संवत नेपाली जनताको संवत भएको उल्लेख गर्दै आगामी वर्षबाट सो सम्वत मनाउन नेपाल सरकार आफैं आयोजक बन्ने बताए ।