मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ कार्तिक १२ मंगलबार १४:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गुठीको नाममा भएका सामन्ती उत्पीडन सरकारलाई स्विकार्य छैन : उपप्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ कार्तिक १२ मंगलबार १४:२४:००

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कुण्डित नगर्ने बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कदर गर्दैन की ? भन्ने भ्रम नपाल्न पनि सम्बन्धित सबै निकायलाई अपिल गरेका छन् । 

नेपाल संवत् ११४० को अवसर पारेर राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार जनताको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य मान्यताको पक्षमा दृढतापूर्वक उभिने बताए ।

तर गुठीको नाममा भएका सामन्ती उत्पीडन भने सरकारलाई स्विकार नहुने उपप्रधानमन्त्री पोखरेलको चेतावनी थियो । ‘जनताले आफू मिलेर गुठी स्थापित गर्न चाहेको कुराको पक्षमा सरकार दृढतापूर्वक उभिन्छ,’ उपप्रधानमन्त्री पोखरेलले चेतावनीयुक्त शैलीमा भन्नु भयो, ‘तर गुठीको नाममा जनतालाई जोताहा बनाउन दिने कुरा सरकारलाई स्विकार्य छैन ।’

उपप्रधानमन्त्री पोखरेलले नेपाल संवतलाई जनताको संवतको रुपमा स्थापित गराउने चुनौतिलाई सामना गरेर अघि बढ्न पनि त्यसका अभियन्ताहरुलाई आग्रह गरे । नेपाल संवत् नेपालको पहिचानसँग जोडिएको उल्लेख गर्दै त्यसलाई स्थापित गराउन सरकारले सबै खालको सहयोग गर्ने पनि उपप्रधानमन्त्री पोखरेलको प्रतिवद्धता छ ।