१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक १२ मंगलबार ११:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दिदीबहिनी नहुनेहरुले रानीपोखरीमा पुगेर टीका लगाउँदै

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १२ मंगलबार ११:५९:००

दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाइरहेका छन् । रानी पोखरीकोबीच भागमा रहेका बालगोपालेश्वर मन्दिर भूकम्पले भत्काएकाले सो मन्दिरको मूर्ति बाहिरै बसेर मंगलबार भाईटीकाको दिन दिदीबहिनी नभएकाहरुले टिका लगाईरहेका छन् । 

मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाईटीका लगाउने व्यवस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मिलाएको छ ।

बिहान ७ बजेबाट सुरु गरिएको भाईटीका बेलुका साँढे सात बजेसम्म लगाउने मिल्ने व्यवस्था गरिएको छ । दिदीबहिनी नभएकाहरुले सो मन्दिरमा पुगेर भाईटीका लगाउने परम्परालाई हालसम्म पनि निरन्तरता दिइएको हो ।