मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १२:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

असभ्य बुद्धिजीविलाई सचेत गराउँदा अन्यथा प्रचार : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १२:५९:००

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रयास भइरहेकाे दाबी गरेका छन् । अाइतबार तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न प्रयास भएपनि सफल नहुने स्पष्ट पारे ।  

प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए । छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति फर्कदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुईजना नै प्रधानमन्त्री हुने भन्दै ठट्टा गरे । 

ओलीले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खोजिएको उल्लेख गरे । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न पार्टीका कानुन व्यवसायीहरुलाई आग्रह गरे । 

भिडियाे :