मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक ९ शनिबार १६:५६:००
Read Time : > 1 मिनेट
समाचार

पुष्प व्यवसायमा रमाएकी हुमा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ९ शनिबार १६:५६:००

बेसीशहर नगरपालिका २ बोहोराबेसीमा पुष्प व्यावसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याईनभ्याई छ । ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल ग-र्यो, समय बितेको पत्तै हुँदैन । हुमा ५ वर्षदेखि पुष्प नर्सरी ब्यावसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेशाको रुपमा चिनाएकी छन् । गुरुङले बेसीशहर–२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । गुरुङले एक रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गरेकी छन् । ५ रोपनी जग्गामा विभिन्न जातका फुल र विभिन्न जातका बिरुवाहरु रोपेकी छन् । 

५० लाख लगानीमा व्यासायिक फूलखेती
फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् । उनले भनीन् ‘ऋणधन गरेर लगानी गरेपनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ । फूलको बिरुवा व्यवसायमा हुमाले दुई जनालाई रोजगारसमेत दिएकी छन् । 

६ लाख सयपत्रीको विरुवा बिक्री
तीन महिनामा नै फुल्ने सयपत्रीका बिरुवा बिक्रीबाट हुमाले यसवर्ष ६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । फूलको बिउ भने थाइल्यान्डबाट ल्याएको उनले बताइन् । ‘पहिले थोरै काम चलाउन बारीको कान्लातिर मात्र रोप्ने गरेको थिएँ, ‘तीन वर्षबाट व्यावसायिक रूपमै खेती सुरु गरेको हुँ ।’ उनले फूलखेतीका लागि ठूलो मेहनत पनि आवश्यक नरहेको बताइन् । 

नर्सरीबाट तिहारका लागि एक लाख बढीको फूल बिक्री गर्ने बताइन् । हुमाले एक रोपनी जग्गा भाडामा लिएर सयपत्री खेती गरेकी छन् । 

फूलले बजार पाउँदा हर्षीत
आफ्नो नर्सरीमा उत्पादन भएको फुलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउँछीन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्पव्यावसायमा अझ उत्साहित बनाएको छ । ’

सार्वजनिक कार्यक्रममा खादा भन्दा मालाको माग बढ्दो छ’ हुमाले भनिन्, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पु-र्याउनै सकेको छैन ।

जागिर छोडेर फूल खेती
२०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुुमा गुरुङ ३८ वर्षकी भइन् । बेसीशहर नगरपालिका २ गैरीस्थित सिप विकास प्रतिष्ठान –गैरीक्याम्पसको प्रवद्र्धन शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् । अहिले गुरुङले पुष्प व्यावसायबाटै मासीक दुई लाख कमाउने बताउँछीन् । 

नर्सरीबाट बाहमासे दुई सय भन्दा बढी प्रजातिका फूलका बिरुवा र विभिन्न प्रजातिका बिरुवा बिक्री भएको छ ।