१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ९ शनिबार १३:३६:००
Read Time : < 1 मिनेट
समाचार

भरतमोहन अधिकारीको बैंक खाताकाे रकमबाट अक्षय कोष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ९ शनिबार १३:३६:००

पूर्व उपप्रधान र अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । उनको पहिलाे वार्षिकीको अवसरमा आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने 'भरतमोहन अधिकारी फाउण्डेशन'ले जनाएको छ । 

फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जिवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । फाउण्डेशनका महासचिव पदम खतिवडाले १८ फागुनमा २५ लाख रुपैयाँबाट कोष सुरु गरिने जानकारी दिए । दिवंगत हुनुअघि अधिकारीले पारिवारलाई आफ्नो बैंक खातामा रहेको रकमबाट अक्षयकोष स्थापना गरिदिन भनेकाले उनको चाहना पूरा गर्न लागेकाे खतिवडाले बताए । 

कोषबाट प्राप्त ब्याज आम्दानी रकमबाट हरेक वर्ष पिताको वार्षिकीका दिन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका क्षेत्रमा विशेष योगदान गर्ने एक-एक जनालाई क्रमशः पुरस्कृत गर्ने अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् । प्रतिष्ठानकाे स्थापना दिवसमा ‘हाम्रो नजरमा भरतमोहन’ नामकाे स्मृति ग्रन्थ (पुस्तक) सार्वजनिक गर्ने भएको छ । 

एमाले नेतृत्वको नौ महिने सरकारका अर्थमन्त्री बनेका बेला ‘आफ्नो गाउँ आफै बनाऔँ’ कार्यक्रम सुरु गरेर जनतामाझ लोकप्रिय भएका अधिकारीको ८२ वर्षको उमेरमा गत २०७६ फागुन १८ गते निधन भएको थियो ।