मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १२:१६:००
Read Time : < 1 मिनेट
अर्थ

समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीलाई अर्थमन्त्री खतिवडाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १२:१६:००

अर्थमन्त्री डा. युवराज खतिवडाले समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई आग्रह गरेका छन् । 


खतिवडाले उत्पादन बढाउने र रोजगारीको अवसर सृजना गर्ने सहकारी उद्यमीहरुलाई मात्रै सरकारले कर छुटलगायतका सहायता उपलब्ध गराउने पनि स्पष्ट पारे । उनले हाल संचालन भईरहेका सहकारी उद्यमले निजी उद्यमको जस्तै मुनाफालाई मात्रै ध्यान दिएकोमा असन्तुष्टि जनाए ।


राष्ट्रिय सहकारी महासंघ नेपालद्धारा बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले आफ्ना सदस्यहरुको साझा हित प्रवद्र्धनमा लाग्ने सहकारी उद्यमलाई मात्रै सरकारले उच्च प्राथमिकता दिने बताए ।
अर्थमन्त्री खतिवडाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर सहकारी संस्थाहरुलाई लगानी गर्न सचेत गराए ।