मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ८ शुक्रबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार

कास्की-२ मा नेकपाबाट विद्या भट्टराईकाे नाम सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ८ शुक्रबार १८:०७:००

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लागि विद्या भट्टराई चयन भएकी छन् । उनी पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमती हुन् ।

शुक्रबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले भट्टराईको नाम सिफारिस गरेको हो । नेकपाको सचिवालयको बैठकले उपनिर्वाचनका लागि स्थानीय स्तरबाट नाम सिफारिस गरी पठाउन जिल्लाका नेताहरूलाई आग्रह गरेको थियो । बैठकले सकेसम्म उमेद्वारको नाम टुंगोमा पुग्ने गरी पठाउन भनिएको थियो । यदि, जिल्ला नेतामा सहमति नभएका बढीमा तीन जनाको नाम पठाउन भनिएको थियो । सोहीअनुरूप कास्की- २ बाट भट्टराईकाे मात्रै नाम सिफारिस भएको हो । कास्की क्षेत्र-२ बाट यसअघि अरू दलहरूले उमेद्वारको नाम सिफारिस गरिसकेको छ ।

सो क्षेत्रका तत्कालीन प्रतिनिधिसभाका सांसद अधिकारी मन्त्री पदमा बहाल रहेकै बेला एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परी ०७५ फागुन १५ गते निधन भएको थियो । सो दुर्घटनामा उनी सहित ७ जनाको निधन भएको थियो । सांसद अधिकारीको निधन भएपछि त्यस क्षेत्रकाे उक्त स्थान रिक्त हुँदै आएको थियो ।