१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ८ शुक्रबार ०६:१९:००
Read Time : < 1 मिनेट
समाचार

अमेरिकाको गाँजा नेपालमा : तस्करीमा होटेल सञ्चालक नै संलग्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ८ शुक्रबार ०६:१९:००

गाँजा र चरेसको कारोबारमा ठमेलस्थित डिलाइट होटेलका सञ्चालक संलग्न रहेको खुलेको छ । ६ केजी ४ सय ग्राम गाँजा र सात केजी चरेससहित होटेल सञ्चालक राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार उनीहरूले अमेरिकाबाट क्यानडा हुँदै गाँजा नेपाल भित्र्याएका थिए । म्युजिक सिस्टमभित्र लुकाई ल्याइएको गाँजा दुबई एयरको कार्गोमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो । अडियो म्युजिक सिम्टम लिन पुगेका काभ्रे पाँचखाल–१० का ३८ वर्षीय अचुत त्रिपाठी पक्राउ परेपछि राजेन्द्र र सुरेन्द्रको पोल  खुलेको हो । 

ब्युरोका एसएसपी वसन्त लामाले अमेरिकाको गाँजा नेपालमा तस्कर भएको पहिलो घटना रहेको बताए । उनले भने, ‘गाँजा र चरेस नेपालबाट बाहिर तस्करी हुन्थ्यो । तर, अहिले अमेरिकाको गाँजा नेपालमा तस्करी हुने गरेको खुल्यो । यो नेपालमै पहिलो घटना हो । तस्करीमा होटेल सञ्चालक नै संलग्न भएको देखिएको छ । तस्करीमा संलग्न सबैलाई पक्राउ गरिएको छ ।’

प्रहरीका अनुसार अडियो म्युजिक सिस्टमभित्र लुकाई राखिएको १ केजी गाँजासहित त्रिपाठी पक्राउ परे । उनले बरामद गाँजा ठमेलस्थित डिलाइट होटेलमा लैजान लागेको खुलेपछि प्रहरी पछ्याउँदै पुग्यो । होटेल खानतलास गर्दा स्टोरभित्र लुकाई राखिएको सात केजी चरेस र तीन केजी गाँजा बरामद भयो ।