मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ७ बिहीबार १४:५०:००
Read Time : < 1 मिनेट
समाचार

काभ्रेको बेकरी उद्योगको गोदाममा तालाबन्दी

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ७ बिहीबार १४:५०:००

तिहार नजिकिएसँगै काभ्रेमा गरिएको बजार अनुगमनको क्रममा एक बेकरी उद्योगमा तालाबन्दी गरिएको छ । पाँचखाल नगरपालिका ४ तामाघाटको समाज कल्याण चोकमा सञ्चालित राजाराम श्रेष्ठको माँ पलाञ्चोक भगवती धन्द्रे भिमसेन बेकरी उद्योगमा तालाबन्दी गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुँमागाई खतिवडाको नेतृत्वमा बुधबार गरिएको घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रे, पाँचखाल नगरपालिका प्रतिनिधि र पाचँखाल उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा उद्योगको गोदाममा म्याद नाघेका मैदा प्रयोग गरेको पाइएपछि तालाबन्दी गरिएको हो । 

‘बजार अनुगमनको क्रममा उक्त उद्योगमा एक सय ७० बोरा म्याद सकिएको मैदाको बोरा फेला पारेकोले उद्योगको गोदाममा तालाबन्दी गरेका छौं ।’ हुँमागाईले भनिन्, ‘उद्योगले नियम अनुसार काम नगरेसम्म गोदाम चलाउन पाउने छैन् ।’

गेदाममा रहेको बोराबाट नमुना संकलन गरी आवश्यक जाँच गरेर परिणाम आएपछि त्यसको प्रतिवेदनको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताइन् । 

पाँचखाल नगरपालिका ४ तामाघाट बजारको चार वटा खाद्यन्न पसल, दुई होटल, एक बेकरी र एक डेरी उद्योग गरी ७ वटा उद्योग तथा पसलमा अनुगमन गरेको थियो ।