Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ७ बुधबार
  • Wednesday, 23 September, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ७ बिहीबार १३:१३:००
समाचार

चिनियाँ अधिकारीलाई पनि बजार अनुगमनमा सहभागी गराउने संसदीय समितिको पहल

नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ७ बिहीबार १३:१३:००

संसदीय समितिले चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन पहल गर्ने भएको छ ।

संघीय संसद अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित संरक्षण समितिले बिहीबार चीनका राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङ जुन नेतृत्वको टोलीसँग सिंहदरबारमा बजार अनुगमनबारे अनुभव आदानप्रदान गरेपछि चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनका सहभागी गराउन पहल गर्ने प्रतिवद्धता जनाएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समय मिलाएर चिनियाँ अधिकारहरुसँगै संयुक्त टोली बनाएर नेपालको बजार अनुगमन गर्न पहल गर्ने निष्कर्ष बैठकमा निकालिएको बताए ।

बैठकमा चिनिया बजार अनुगमन उपमन्त्री जुनले चिनियाँ बजारको अनुगमनको अनुभव सुनाएका थिए भने समितिका सदस्यहरुले नेपालको बजार अनुगमनबारे जानकारी गराएको थियो । चिनिँया टोलीले चीनको बजार अनुगमनका लागि आउन पनि समितिका सभापति श्रीवास्तावलाई निमन्त्रणा गरेको थियो । 

बैठकमा दुवै पक्षबीच खाद्य सम्प्रभुताका विषयमा पनि छलफल भएको थियो । त्यस अवसरमा समितिका सभापति श्रीवास्तवले चीनको बजार अनुगमनको अनुभव सेयर गरेकोमा चिनियाँ प्रतिनिधिमण्डलप्रति आभार व्यक्त गरेका थिए ।