मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ७ बिहीबार १३:४३:००
Read Time : < 1 मिनेट
समाचार

युएन डे काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ७ बिहीबार १३:४३:००

संयुक्त राष्ट्र संघीय नियोगहरुले वातावरण संरक्षणमा जोड दिँदै काठमाडौंमा पनि संघीय राष्ट्र संघ दिवस (यूएन डे) मनाइएको छ । 

यूएन डेको अवसर पारेर बिहीबार काठमाडाैंको राष्ट्रियसभा गृहमा नेपालस्थित संयुक्त राष्ट्र संघीय नियोगहरुले विभिन्न स्टलहरुको प्रदर्शनी गर्दै वातावरण संरक्षण, मानव अधिकार, बाल अधिकारलगायतका क्षेत्रमा काम गर्न सर्वसाधारणलाई पनि आह्वान गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्र संघीय नियोगहरु यूएनसिएचआर, आईएलओलगायतका संघ संस्थाहरुले नेपालमा भइरहेका कामहरुको जानकारी गराउने उद्देश्यका साथ आफ्ना प्रचार सामग्रीहरुको प्रदर्शन गरेका थिए ।

प्रदर्शनीस्थलमा यूएनसँग आवद्ध नियोगका प्र्रमुखहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघ अन्तरगतका नियोगहरुले नेपालमा मानव अधिकार, बाल अधिकार, वातावरण संरक्षण, लिगींय समानतालगायतका क्षेत्रका काम गर्दै आएका छन ।