१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका धरान
२०७६ कार्तिक ७ बिहीबार १०:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

आगलागीबाट एक करोडको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धरान
२०७६ कार्तिक ७ बिहीबार १०:४०:००

सुनसरीको बराहक्षेत्र नगरपालिका–५, कालाबञ्जरमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएका छन् ।  मंगलबार राति ९ बजे अचानक आगलागी हुँदा होलसेल किराना पसल, टेलर्स, फेन्सी पसल र होटेलहरू जलेको प्रहरीले जनाएको छ । 

स्थानीय जगन्नाथ डेडराज जनता माविको भवन भाडा लिएर देवबहादुर कार्कीले सञ्चालन गरेको भोजपुरे होटेलबाट आगलागी सुरु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका असई तिलक दाहालले जानकारी दिए । आगलागीबाट कार्की र धनबहादुर श्रेष्ठको होटेल, गोविन्द विष्टको होलसेल किराना पसल, प्रतिमा श्रेष्ठको कोल्ड ड्रिन्स पसल, सावित्री श्रेष्ठको होटेल र गंगा परियारको टेलर्स पूर्णरूपमा जलेर नष्ट भएका हुन् ।

विद्युत् सट भएर आगलागी भएको अनुमान प्रहरीले गरेको छ । राति ९ बजे लागेको आगो दुई घन्टापछि स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो । पसलहरूमा तिहार र छठ पर्वलाई लक्षित गरेर बिक्रीका लागि राखिएका सामान आगलागीमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको अनुमान प्रहरीले गरेको छ । दमकल आउन ढिलाइ हुँदा बढी क्षति भएको गुनासो पीडितले गरेका छन् । आगो नियन्त्रण भइसकेपछि मात्रै धरानर र इटहरीबाट दुईवटा दमकल घटनास्थलमा पुगेका थिए ।