मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक ७ बिहीबार १०:३४:००
Read Time : < 1 मिनेट
प्रदेश

पाँच हजार घुससहित प्रहरी जवान पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ७ बिहीबार १०:३४:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरबाट एक प्रहरी जवानलाई पाँच हजार घुससहित पक्राउ गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पश्चिमी सीमा क्षेत्र भीमदत्त नगरपालिका–११ गड्डाचौकी भन्सार क्षेत्रबाटै प्रहरी जवान दीपक चौधरीलाई पक्राउ गरेको हो । 

भारतबाट ल्याइएका तस्करीका सामान भन्सार मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रहरी जवान चौधरीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले बताए । 

प्रवक्ता विष्टका अनुसार चौधरी इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत छन् । उनले भारतबाट सामान ल्याउने व्यवसायीबाट भन्सार मिलाइदिन्छु हाकिमका लागि रकम चाहिन्छ भन्दै पैसा उठाउँदै आएका थिए । 

भन्सार चुहावट रोक्नका लागि खटिएको प्रहरी नै अख्तियारको फन्दामा परेपछि स्थानीय व्यावसायीले प्रहरी नै तस्करीमा संलग्न हुने गरेको आरोप लगाएका छन् । आफ्ना उपल्ला हाकिमका लागि व्यवसायीबाट भन्सार छलेर रकम असुल्ने गरेको उक्त घटनाले देखाएको छ । 

घुससहित पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि अख्तियारले प्रक्रिया अगाडि बढाएको जनाएको छ  घुसकाण्डमा प्रहरी जवान पक्राउ गरेपछि कुन प्रहरी हाकिमको निर्देशनमा र कुन प्रहरी अफिसरका लागि रकम उठाइन खटिएको हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर गम्भीर भएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले घुस्याहा प्रहरीमाथि प्रहरीले पनि कारबाही गर्ने बताए ।