१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ७ बिहीबार ०९:३९:००
Read Time : < 1 मिनेट
समाचार

विद्यालयको रंग र विद्यार्थी पोसाक एउटै बनाइने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ७ बिहीबार ०९:३९:००

पूर्वखोला गाउँपालिकाले गाउँपालिकाभित्रका ३८ विद्यालयको रंग र विद्यार्थीहरूको पोसाक एउटै बनाउने भएको छ । विद्यार्थीहरूको पोसाकमा एकरूपता ल्याउँदा मानसिकरूपमा समेत समान भएको अनुभूति हुने विश्वासमा गाउँपालिकाले एउटै रङ कायम गर्न लागेको हो ।

गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पाँच निजी विद्यालयलाई समेत सामुदायिक विद्यालयमा गाभेको बताए । अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले अब पहिचानमा समेत समानता देखाउन पोसाकलाई एउटै बनाउने काम गरिरहेको छ ।’ विद्यार्थीको पोसाक एउटै बनाउने र विद्यालयको भौतिक पूर्वाधारलाई समेत एउटै रंगले रंगरोगन गर्ने गाउँपालिकाले तयारी गरेको छ ।

पोसाकलाई १८ लाख विनियोजन
गाउँपालिकाभरि रहेका ३८ सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीले अबदेखि खरानी रंगको सर्ट र गाढा रंगको निलो पाइन्ट लगाउनुपर्नेछ । गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार एउटै पोसाक बनाउन गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७मा १८ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, विद्यालयको भवन एउटै रंगको बनाउन २५ लाख रुपैयाँ विनियोजन भएको र विद्यालयहरूलाई अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।

विद्यालयहरूले गाउँपालिकाले तोकेअनुसारको पोसाक परिवर्तन गरिरहेका छन् । गाउँपालिकाको अनुदान, विद्यालयको आन्तरिक स्रोत र विभिन्न सहयोगबाट पूर्वखोलाका सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूलाई पोसाक वितरण गरिरहेका छन् ।