मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १९:३८:००
Read Time : < 1 मिनेट
साहित्य

भुसालले ल्याइन आत्मकथा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १९:३८:००

सामाजिक अभियन्ता सुशीला भुसालले आत्मसंस्मरणात्मक कृति ‘पृथक महिला’ ल्याएकी छन । लैंगिक समानता, महिला सशक्तीकरण, प्राकृतिक स्रोत व्यवस्थापनलगायतका क्षेत्रमा सक्रिय उनले ती क्षेत्रका अनुभवदेखि निजात्मक अनुभूतिलाई कृतिमा समावेश गरेकी छन् ।

‘एउटा बिन्दुमा पुगेपछि अनुभूतिहरू लेखनको ऊर्जा बन्दो रहेछ,’ राजधानी बस्दै आएकी रूपन्देहीकी भुसालले भनिन्, ‘एक सामान्य मान्छेले काम गर्ने सिलसिलामा भोग्ने आन्तरिक तथा बाह्य प्रतिकूलता र त्यसविरुद्धका संघर्ष नै पुस्तकको रचनागर्भ हुन् ।’ साहित्यकार एवं संस्कृतिविद् मोदनाथ प्रश्रितले भुसालभित्र एक कुशल लेखकीय व्यक्तित्व लुकेर बसेको बताउँदै जीवनका विविध घटनाक्रम, तिनको अनुभव र चेतनाको गहिराइ सबल र सरस रूपमा प्रकट भएको बताए । 

त्यस्तै साहित्यकार सुधा त्रिपाठीले भुसालको कृतिमा लैंगिकदेखि जातीय र वर्गीय असमानताका सन्दर्भहरू पनि रहेको औंल्याएकी छन । प्लाटिनम पब्लिकेसनले छापेको कृतिमा ‘कथित दलित समुदायबिच एउटी बालिका’, ‘टोपे सुजीकोमा पानी पिएँ घटघट’, ‘श्याम वर्णको मान्छे’, लगायत ५१ सिर्जना छन् ।