मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १८:५९:००
Read Time : < 1 मिनेट
समाचार

गभर्नर जस्ता भए अर्थमन्त्री : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १८:५९:००

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नभएकाे बताएका छन् । उनले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दावी गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपालको इतिहासमै बलियो सरकार बने पनि वैज्ञानिक ढंगले काम गर्न नसकेको बताए । उनले अर्थमन्त्री खतिवडाले अर्थमन्त्री जस्तो नभई राष्ट्र बैंकको गभर्नरका रुपमा काम गरेकाे बताए ।