Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक ६ बुधबार १८:२७:००
Read Time : < 1 मिनेट
समाचार

पार्क बनाउने सञ्चार मन्त्रीकाे याेजना, नगरपालिकासँग मागे जग्गा

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ६ बुधबार १८:२७:००

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बनेपा नगरपालिकासँग जग्गा मागेका छन् । उनले नगरवासीलाई मनोरञ्जन दिन पार्क बनाउनका लागि जग्गा मागेका हुन् ।

'लायन्स हार्ट क्लिनिक परियोजना' लायन्स क्लब अफ काभ्रेले आयोजना गरेकाे दिपावली, नेपाल सम्वत ११४० तथा छठकाे शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री बास्कोटाले मनोरञ्जनको लागि पार्क बनाउन जग्गा मागेका हुन् । नगरपालिकाले जग्गा उपलब्ध गराए पार्क निर्माण गर्ने उनले बताए । जहाँ सबै उमेर समुहका मानिसले मनाेरञ्जन लिन सक्ने उनकाे भनाइ थियाे ।

‘मेयर ज्यू मलाई जग्गा दिनुहोस, नगरबासीका लागि पार्क निर्माण गरिदिन्छु,’ मन्त्री बास्कोटाले भने, ‘जहाँ बालबालिकाहरू खेल्न जान्छन्, युवाहरू लभ गर्न जान्छन् र वृद्धवृद्धाहरू आराम गर्न जान्छन् । पार्कसम्म हिँडेर जाँदा स्वास्थ्य पनि राम्राे हुन्छ ।’

२० देखि ४ रोपनीसम्म जति जग्गा भए पनि पार्क निर्माणको सबै जिम्मा आफूले लिने मन्त्री बास्कोटाले बताए । कार्यक्रममा उनले राजनीतिमा अपराधिकरण स्वीकार्य नहुने स्पष्ट पारेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठलगायतकाे शुभकामना मन्तव्य राखेका थिए ।