१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १४:५८:००
Read Time : < 1 मिनेट
सप्तरंग

दुर्गेशले फेरि युट्युबमा अपलोड गरे ‘ह्याप्पी तिहार’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १४:५८:००

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीत सम्पादन गरेर युटुबमा अपलोड गरिएको छ । पछिल्लो समय विवादित र आचोचना भएको तीहार गीत मंगलबार युटुबबाट हटाइएको थियो ।

जसमा गीतको बोल ‘ह्याप्पी तिहार, चिसो बियर’ शब्द हटाइएको छ भने गाँजा शब्दमा बिप हालिएको छ । थापाले सो गीतको भिडियो आफ्नै च्यानलबाट अपलोड गरेका हुन् । गीत सम्पादन गरेर छोट्याइएको छ । साथै भिडियोमा धुम्रपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने क्याप्सन पनि समावेश गरिएको छ । 

तिहारको देउसीभैलो गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलिले मंगलबार पक्राउ गरेको थियो । पक्राउ पर्नासाथ उनले आफू सच्चिने भन्दै युटुबबाट गीत हटाएर मंगलबार नै छुटेका थिए । 

उनको सो गीतमा बियरको प्रचार गर्नुका साथै तिहार, देउसी गाँजा तथा बियरखाएर मनाउनुपर्छ भन्ने सन्देश दिएको भन्दै निकै आलोचना भयो । उनको पहिलाको गीतमा अधिकांश कमेन्ट नकारात्मक आएपछि उनले कमेन्ट बक्स नै बन्द गरेका थिए । पुरानो गीतको भिडियो थापाले सम्पादन गरेर अपलोड गरेपनि अन्य च्यानलमा भने पुरानै गीत अपलोड गरिएका छन् ।

गायक दुर्गेशले गाएको ‘ह्याप्पी तिहार’ बोलको गीतलाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको थियो ।