१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ पौष २६ बिहीबार १०:४४:००
Read Time : < 1 मिनेट
खेलकुद

सलाह अफ्रिकन वर्ष खेलाडी

माने र आबुमियाङलाई पछि पार्दै सलाह लगातार दोस्रोपटक अफ्रिकन वर्ष खेलाडी

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २६ बिहीबार १०:४४:००

इजिप्टका स्टार मोहमद सलाह लगातार दोस्रोपटक अफ्रिकन वर्ष खेलाडी घोषित भएका छन्  । सेनेगलमा मंगलबार आयोजित एक विशेष कार्यक्रमबीच सलाह चर्चित अन्य अफ्रिकन स्टारहरूलाई पछि पार्दै दोस्रोपटक उत्कृष्ट खेलाडी भएका हुन् । 

माने र आबुमियाङ दाबेदार
सलाहसँगै लिभरपुलकै साथी साडियो माने तथा आर्सनलका पेरिक एम्रिक आबुमियाङ अफ्रिकन वर्ष  खेलाडीको दाबेदारीमा  थिए । सलाहले उपाधि जित्दा प्रत्यासीहरूलाई १५ भोटले पछि पारेका थिए । गत सिजनमा लिभरपुललाई ११ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फाइनलमा पुर्‍याउँदा सलाहले महत्वपूर्ण भूमिका खेलेका थिए ।

सानैमा देखेको सपना
अवार्ड पाएपछि सलाहले आफूले सानै उमेरमा अफ्रिकन वर्ष खेलाडी भएको सपना देखेको बताएका छन्  ‘मैले सानैदेखि अवार्ड जित्ने सपना देखेको थिएँ,’ ठट्टा गर्दै सलाहले भने, ‘म यो अवार्ड दुईपटक जित्न सफल भएँ, जसको खुसीको बयान गर्ने शब्द नै छैन ।’ युथ प्लेयर अफ द इयर अवार्डबाट मोरक्कोका आचफ हाकिमी घोषित भए ।