मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक ५ मंगलबार १६:३२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

नजिकिँदो तिहारमा मखमलीको व्यापार [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ५ मंगलबार १६:३२:००

तिहार नजिकिएसँगै भक्तपुरका कृषक व्यस्त भएका छन् । उनीहरु फूलको पर्वसमेत भनिने तिहारका लागि आवश्यक मखमली फूल तथा माला तयारीमा व्यस्त भएका हुन् । 

उनीहरु दसैं सकिएसँगै फूल टिप्ने, माला तयारी गर्ने, बजार पु-याउने कामलगायत काममा व्यस्त हुने गरेका छन् । नयाँ वर्ष सुरु भएसँगै फूल रोप्न व्यस्त भएका भक्तपुर गुन्डुलगायतका किसानहरुलाई तिहार नजिकिएसँगै टिपेर माला बनाउने चटारो हुन्छ ।

तयार पारेको मखमली फूलकाे माला उनीहरुले ब्यापारीलाई २० देखि २५ रुपैयाँमा बिक्री गर्दछन् । साेही माला उपभोक्तासम्म आइपुग्दा प्रति माला ५० देखि ६० रुपैयाँसम्म पर्ने गर्छ ।

भक्तपुरकाे गुण्डुका कृषकले मखमली फूलकाे माला बनाउँदै गर्दा अमुल थापाका क्यामेरामा कैद भएका केही तस्बिरहरू ।