मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका धरान
२०७६ कार्तिक ४ सोमबार १२:१०:००
Read Time : < 1 मिनेट
प्रदेश

धरानमा प्रादेशिक चलचित्र महोत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धरान
२०७६ कार्तिक ४ सोमबार १२:१०:००

प्रदेश १ सरकारले धरानमा चार दिवसीय प्रादेशिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव २१ कात्तिकदेखि धरान–८ स्थित सभागृहमा आयोजना गरिने आइतबार प्रदेश सरकारले धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मुख्यमन्त्री कार्यालयका मुख्यसचिव दिनेश अधिकारीका अनुसार महोत्सवमा तीन स्विस फिल्मसहित २१ वटा चलचित्र प्रदर्शन गरिनेछन् । यस्तै, महोत्सवमा वृत्तचित्र र कलात्मक चलचित्रसमेत प्रदर्शन गरिने सचिव अधिकारीले जानकारी दिए । महोत्सव व्यवस्थापनका लागि सुनसरी उद्योग वाणिज्य संघ धरानमा सचिवालयसमेत स्थापना गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आइतबार नै सचिवालयको उद्घाटन गरे ।

पहिलोपटक प्रदेश सरकारको व्यवस्थापनमा हुन लागेको महोत्सवमा प्रदेश १ को जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक पहिचान झल्कने झाँकीसमेत प्रदर्शन गरिने कार्यक्रम रहेको मन्त्री कार्कीले जानकारी दिए । सोही अवसरमा चलचित्र तथा सांस्कृतिक विविधताका विषयमा बृहत् अन्तक्रियासमेत गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको महोत्सवमा विभिन्न देशका चलचित्र निर्माता तथा कलाकारको उपस्थिति रहने बताइएको छ । उनीहरूलाई प्रदेश १ का विभिन्न गन्तव्यसमेत घुमाइने कार्यक्रम छ ।