१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ४ सोमबार १०:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मेकअप गर्दा ध्यान दिनुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ४ सोमबार १०:४६:००
सोफी सुनुवार 
मेकअप आर्टिस्ट

मेकअप टिप्स
हरेकमा सुन्दर देखिने चाहना हुन्छ, अझ महिलामा विशेष । सुन्दर हुन वा आफ्नो व्यक्तित्वमा निखार ल्याउन मेकअप टिप्स अपनाउन सकिन्छ । नियमित मेकअप गर्ने कामकाजी महिलाका लागि हलुका मेकअप गर्नु राम्रो हुन्छ । बाहिर हिँडिरहने महिलाले क्याजुअल लुगाअनुसारको मेकअप गर्दा प्राकृतिक देखिन्छ । यसका लागि सामान्यतया लुगाको रङअनुसारको लिपस्टिक र आइस्याडो प्रयोग गर्न सकिन्छ । 

  •  सुरुमा अनुहार सफा गर्नुपर्छ । यसमा फेसवास, नरम क्लिनजिङ आदि प्रयोग गर्न सकिन्छ । मेकअपअघि अनुहार राम्ररी पखाल्न जरुरी हुन्छ । 
  •  गर्मीमा घामका किरण सीधा छालामा पर्दा असर देखिन सक्छ । यसका लागि मेकअपभन्दाअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अथवा आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ । त्यस्तै, घाममा हिँड्दा सनस्क्रिम पनि लगाउन सकिन्छ ।
  •  मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । लिपस्टिक र आइस्याडो लगाउँदा प्राकृतिक देखिने, वाटरप्रुफ, नटल्किने खालको लगाउनु उचित हुन्छ । 
  •  मेकअप सामान जहिले पनि ब्रान्डेड लगाउनुपर्छ । जसले गर्दा गर्मीमा हिँड्दा पसिना वा पानीको कारणले बग्ने, लत्पतिने सम्भावना हुँदैन । सकेसम्म हलुका मेकअप गर्नु राम्रो हुन्छ । रङको छनोट गर्दा पनि सकेसम्म फिका रङ छान्नु आवश्यक हुन्छ । 

कामकाजी महिलाका लागि हलुका मेकअप राम्रो हुन्छ, बाहिर हिँडिरहने महिलालाई  क्याजुअल लुगाअनुसारको मेकअप प्राकृतिक देखिन्छ

  •  आँखामा आइलाइनरको प्रयोग गर्न सकिन्छ । त्यस्तै, हुलका गुलाबी, सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा राम्रो देखिन्छ । साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ, तर दिउँसोको मेकअपमा कलरफुल मेकअप अनावश्यक देखिन सक्छ । 
  •  सुन्दर देखिन कपालको स्टाइलले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यसैले अनुहारको बनावटअनुसार कपालको स्टाइल बनाउनुपर्छ । गर्मीमा पसिनाको डरले धेरैजसोले कपाल बाँधेर हिँड्ने गर्छन् । जसले गर्दा टुक्रिने डर रहन्छ । कपाल बाँध्दा कसेर नबाँध्ने र घरमा बस्दा सकेसम्म खुला छाडेर बस्न सकिन्छ ।