१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ४ सोमबार ०७:१८:००
Read Time : < 1 मिनेट
समाचार

०७८ को जनगणनामा साढे ५४ हजार कर्मचारी खटिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ४ सोमबार ०७:१८:००

राष्ट्रिय तथ्यांक विभागले आइतबार राष्ट्रिय जनगणना ०७८ को लोगो तथा मूल नारा सार्वजनिक गरेको छ । जनगणना ०७८ को मूल नारा ‘मेरो गणना मेरो सहभागिता’ राखिएको छ । लोगोमा अर्धवृत्ताकारभित्र विभिन्न उमेर समूह तथा महिला–पुरुषको तस्बिर देखिन्छ । त्यस्तै, त्यहाँ संघीयता झल्किने नेपालको नक्सा छ । गणनामा संलग्न महिला र पुरुष गणकको तस्बिर पनि छ ।

०७८ को जनगणनामा ५४ हजार चार सय १३ जना कर्मचारी प्रयोग हुने भएका छन् । तथ्यांक विभागले नमुना जनगणनाका लागि १ माघ ०७६ देखि ३० चैतसम्मको समय तोकेको छ ।

नमुना जनगणनालाई सबै प्रदेश हिमाल, पहाड र तराईको जनसंख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी सञ्चालन गरिनेछ । प्रत्येक प्रदेशबाट दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडाका ११ हजार ६ सय १० घरपरिवारमा नमुना गणना गरिनेछ । नमुना जनणनाका लागि एक करोड १७ लाख बजेट लाग्ने तथ्यांक विभागले बताएको छ । जसका लागि एक सय २२ जना गणक खटिनेछन् ।