मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३ आइतबार १५:३८:००
Read Time : < 1 मिनेट
समाचार

‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना १ माघबाट हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३ आइतबार १५:३८:००

‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुरु हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी १ माघदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो । सही तथ्यांक ल्याउने उद्देश्यका साथ सो नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

नमूना जनगणनाका लागि सुरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गरिने विभागले जनाएको छ । सुपरीवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको लामिछानेले बताए । यस अघि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरुलाई यसमा परिचालन नगर्ने भएको छ । 

सबै प्रदेशको २÷२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ । विभागले सो नमूना जनगणनाका लागि एक करोड १७ लाख बजेट लाग्ने अनुमान पनि गरेको छ ।

पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मूल नारा पनि सार्वजनिक भएको छ ।