मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३ आइतबार १५:२५:००
Read Time : < 1 मिनेट
साहित्य

उपन्यासकार तिवारीको ‘निहारिका’ विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३ आइतबार १५:२५:००

उपन्यासकार प्रकाश तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ विमोचन भएको छ । सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा समीक्षक राजकुमार बानियाँ, कथाकार उमा सुवेदी र पत्रकार एवं कथाकार विमल नेपालले ‘निहारिका’ विमोचन गरे ।

उपन्यासमाथि बोल्दै कथाकार विमल नेपालले निहारिकाको माध्यमबाट लेखकले सामाजिक विभेदको यथार्थ उजागर गरेको बताए । नेपालले लेखकले उटाएको वर्गीय असमानताको चित्रण प्रभावशाली रहेको दाबी गरे । 
यस्तै अर्का वक्ता उमा सुवेदीले नारी पात्रको अन्तरजातीय प्रेम र नारी पात्रको सामाजिक संघर्षलाई निहारिकाले सशक्त ढङ्गले उठाएको बताइन् ।

समीक्षक राजकुमार बानियाँले भने लेखक तिवारीले परम्परागत शैली पछ्याए पनि दलित जनजीवनको स्वर उठाउन सक्नु नै ठूलो कुरा रहेको बताए । ‘उपन्यासमा केही फिल्मी शैलीले पात्रहरूलाई चित्रित गरिएको छ’ बानियाँले भने, ‘तर पनि गण्डक क्षेत्रको आञ्चलिक स्वादले निहारिका पठनीय भएको छ । ’ 

लेखक तिवारीको यो तेस्रो उपन्यास हो । यसअघि उनको २०७२ सालमा ‘परित्यक्त’ र २०७४ सालमा ‘निलोफर’ उपन्यास प्रकाशित भइसकेको छ । यस्तै विभिन्न पत्रपत्रिकामा फुटकर कथा प्रकाशित गराइसकेका तिवारी नेपालको सामाजिक जीवनलाई आधार बनाएर आख्यान लेख्ने गर्छन् । ‘निहारिका’मा पनि उनले अन्तरजातीय प्रेमसम्बन्ध र जातीय छुवाछुतको मुद्दा उठाएका छन् ।

‘इन्डिगो इन्क’ले प्रकाशन गरेको उपन्यासको मूल्य २ सय ९९ राखिएको छ ।