मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक ३ आइतबार १३:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

शे–फोक्सुण्डो गाउँपालिकाद्वारा सुरक्षाकर्मी माग

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३ आइतबार १३:४०:००

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले सुरक्षाकर्मीको माग गरेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि चिसोको कारण बस्न नसकिने बताउँदै सुरक्षकर्मी फर्केपछि गाउँपालिको सुरक्षाकर्मीको माग गरेको हो ।

गाउँपालिकाको केन्द्र साल्दाङमा बस्दै आएको प्रहरी टोली फर्किएपछि असुरक्षित महशुस भएको गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले बताए । स्थानीय सरकारका जनप्रतिनिधि, शिक्षक, विभिन्न फाँटका कर्मचारी सबै गाउँपालिकामै भएपनि प्रहरी नभएको उनले बताए । प्रहरीलाई खाने, बस्ने सञ्चार लगायतका सम्पुर्ण ब्यवस्था गर्छौ भन्दा पनि प्रहरी फर्किएको उनले बताए । 

यता जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारका अनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि चिसो बढेर सुरक्षाकर्मी बस्न सक्ने अवस्था नभएपछि फर्केको बताए । 

'जिल्ला सुरक्षा ब्यवस्था समितिको निर्णय अनुसार प्रहरी फर्केको हो', उनले भने, 'यदि असुरक्षित महशुसहुने भए सुरक्षा ब्यवस्था समितिबाट निर्णय गराएर फेरी पठाउन सकिन्छ ।'

'धेरै प्रहरीको सरुवा पनि भएको छ, नयाँ प्रहरी माग गरेकाले आउँदैछन्, अध्यक्ष सँग पनि समन्वय भइरहेको छ, साल्दाङमा पनि नयाँ स्थायी चौकी स्विकृत भएको छ, नयाँ सुरक्षाकर्मी आएपछि १५ जना सुरक्षाकर्मी पठाउने सोचिरहेका छौँ' रञ्जितकारले भने । 

उपल्लो डोल्पामा त्यस्तो कुनै घटना घटिहाले पनि छार्काताङसोङ् गाउँपालिकामा रहेको कागकोट, ल्यासीक्यापमा रहेको प्रहरी चौकीबाट टोली खटाइने उनले बताए । 

उपल्लो डोल्पामा सबै गरेर सातवटा अस्थायी प्रहरी चौकीहरु रहेका छन् ।