मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३ आइतबार १३:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन एनआरएनएद्वारा ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान सञ्चालन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३ आइतबार १३:०१:००

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान संचालन गर्ने भएको छ । 

एनआरएनएले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सो अभियान संचालन गर्ने भएको हो । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यबीच काठमाडौंमा भएको १७ बूँदे सम्झौंतामा सबैभन्दा बढि विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघ, संस्थालाई नेपाल सरकारले सम्मान गर्र्ने उल्लेख गरिएको छ । २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ । भ्रमण वर्ष नजिकीहरेको समयमा सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग सम्झौता गरेको हो । सम्झौतामा विश्वभर गरिने एनआरएनएको औपचारिक सेमिनर, गोष्ठी लगायतका कार्यक्रम भ्रमण वर्षलाई लक्षित गरी नेपालमा नै आयोजना गर्न व्यवस्था मिलाउने, विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई विदा मनाउन नेपाल जाउँ अभियान संचालन गर्ने सम्झौंता पत्रमा उललेख छ । 

कार्यक्रममा ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न गैर आवासीय नेपालीहरुलाई आवश्यक सहयोग गर्न आग्रह गरे । विश्वमा नेपालबारे नकारात्मक प्रचार हुन नदिन पनि उनले गैर आवासीय नेपालीहरुलाई पटकपटक आग्रह गरे । राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले नेपाल भ्रमण वर्ष २०२० को प्रचार अभियानलाई विश्वभर संचालन गर्ने उल्लेख गर्दै त्यसमा विशेष सहयोग गरिदिन एनआरएनएको ध्यानाकर्षण गराए । 

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पूँजी र प्रविधि भित्रयाउन लागिपर्ने प्रतिवद्धता गरेका छन् । उनले नेपालको समृद्धिको मुख्य आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि आरआरएनएको नयाँ नेतृत्वले  प्रविधि र त्यसका लागि आवश्यक ज्ञानको आपूर्ति गर्न विशेष जोड दिने प्रतिवद्धता व्यक्त गरे । 

एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली नियोग र दुतावासहरुमा ‘भ्रमण वर्ष प्रवद्र्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।