मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३ आइतबार १०:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

रायमाझीले जिते काल्र्सबर्ग गल्फ सिरिज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३ आइतबार १०:५६:००

मेजर निश्चय रायमाझीले काल्र्सबर्ग गल्फ सिरिज २०१९ कोनेट च्याम्पियनसिपको उपाधि जितेका छन् । रायमाझी २७५ स्कोरका साथ च्याम्पियन बनेका हुन् । महिलातर्फ प्रतिभा राई विजेता बनिन् । पुरुषतर्फको विजेताले मलेसियामा हुने अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागिता जनाउनेछन् । रायमाझीले नोभेम्बरको पहिलो साता मलेसियामा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, टासी छिरिङ २१० स्कोरका साथ ग्रस च्याम्पियन बनेका छन् ।

अन्तिम चरण उत्कृष्ट
सुरुमा भरत बास्कोटा अगाडि थिए । तर, शनिबार प्रतियोगिताको अन्तिम चरणमा बास्कोटाको प्रदर्शन खस्किएको थियो । एकपछि अर्को गल्ती गर्दा उनी उपविजेतामा सीमित भए । उनले समग्रमा १५० स्कोर गरे । टासीले ग्रोस उपाधि जित्न काउन्ट ब्याकमा टासी डोङलाई निराश पारे । डोङले पनि समान २१० अंक बटुलेका थिए । रायमाझीले काउन्ट ब्याकमा राज प्रधानलाई पछि पारे । 

महिलातर्फको उपाधि भिडन्त प्रतिस्पर्धात्मक बन्यो । प्रतिभा र कास्मिरा शाहबीच समान ३० स्कोर भएको थियो । त्यसपछि प्रतिभा १० मध्ये नौ स्कोर हात पार्न सफल भएपछि च्याम्पियन बनिन् । अन्तिम ६ होलमा कास्मिराले आठ स्कोर गरिन् । ६० वर्षमाथिको सिनियर विधामा ३४ स्कोरका साथ मदन राणा विजेता बनेका छन् । यसैगरी, पाँच बर्डिजका साथ विजय इनहाउसले सर्वाधिक बर्डिजको उपाधि जिते । वाङछेन धोन्डोप लङगेस्ट ड्राइभ र ली उई जीले क्लोजे टु पिन उपाधि हात पारे ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद् घिमिरेले काल्र्सबर्गले प्रतिभाशाली र उदीयमान गल्फरलाई मौका दिएको बताएका छन् । यता गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजन अमात्यले प्रतियोगिताबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको बताए ।