१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार ०८:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग

बेलायती राजकुमारी केट ३७औँ वर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार ०८:४४:००

बेलायती राजकुमारी केट मिडल्टन ९ जनवरीमा ३७ वर्ष पुुगेकी छिन् । फेसन शैलीका कारण चर्चामा आइरहने केटले बेलायती राजकुमार विलियमसँग विवाह गरेकी हुन् । उनले ३६ वर्षकी हुँदा सन् २०१८ मा तेस्रो सन्तान जन्माएकी थिइन् । 

उनको राजकुमार विलियमसँग विश्वविद्यालय अध्ययनताका सन् २००१ मा भेट भएको थियो । उनले आर्ट हिस्ट्री बेलायतको सेन्ट एन्ड्रिउ विश्वविद्यालयमा पढेकी हुन् । राजकुमार विलियमसँग २०१० मा विवाह गरेकी उनले २०१३ मा पहिलो सन्तान जन्माएकी थिइन् ।

त्यस्तै, २०१४ मा दोस्रो सन्तान जन्माएकी थिइन् ।  उनी मानसिक रूपमा स्वास्थ्य रहनका लागि अभियान पनि चलाउँछिन् । उनलाई सन् २९१३ मा टाइम्स म्यागजिनले सर्वाधिक प्रभावशाली संसारका सयजनाको सूचीमा राखेको थियो ।