मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ कार्तिक १ शुक्रबार २१:२७:००
Read Time : < 1 मिनेट
समाचार

भिरबाट लडेर विदेशी महिलाको मृत्यु   

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १ शुक्रबार २१:२७:००

सोलुखुम्बुमा भिरबाट लडेर एक विदेशी महिलाको मृत्यु भएको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-५ कोङ्देस्थित भिरबाट लडेर पोल्याण्डबाट नेपाल घुम्न आएकी २६ वर्षीय पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । उनी यात्रा गर्ने क्रममा भिरबाट लडेकी थिइन । उनको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घटना जानकारीमा आएपछि इलाका प्रहरी कार्यालय नाम्चेको प्रहरी टोलीले भिरबाट दुई सय मिटर तल खसेकी विदेशी महिलाको शव उद्धार गरेकाे थियाे । शव लुक्लातर्फ लगिरहेको सोलुखुम्बु प्रहरीलाई उद्धत गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।